
काठमाडौं ।नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
शेरबहादुर देउवासमूहलेनिर्वाचन आयोगलेगगन थापापक्षलाई दिएको आधिकारिकताको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो ।
उक्त रिटको सुनुवाइका लागिसर्वोच्च अदालतका न्यायाधीशद्वयविनोद शर्मारमेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । अदालतले उक्त मुद्दालाई पेसी क्रम सङ्ख्या २२ मा राखेको छ ।
गगन थापारविश्वप्रकाश शर्मासमूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद उत्पन्न भएको थियो । त्यसपछि तत्कालीन कार्यवाहक सभापतिपूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमाशेरबहादुर देउवारपूर्णबहादुर खड्काको वारेसका रूपमाश्रवणकुमार श्रेष्ठले दायर गरेको निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने तर्क गर्दै उक्त महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।






Facebook Comments