काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि नेकपा एमालेको आन्तरिक राजनीति नै खलबलिएको छ । जेन्जी आन्दोलनपछि संकटको सामना गरिरहेको एमालेले सम्पूर्ण शक्ति प्रयोग गर्दा पनि साख जोगाउन सकेन । कुनै समय झण्डै दुई तिहाइ सरकारको नेतृत्व गरेका अध्यक्ष केपी ओली कमजोर बनेका छन् । ७ वर्षमा झण्डै ७० प्रतिशत मत गुमाएर लज्जास्पद हार व्यहोरे पनि त्यसको जिम्मेवारी लिन भने ओली तयार छैनन् । ओली र उनी निकट नेताहरु चुनावपछि पनि आफ्नो कमजोरी ढाकछोप गर्नमा तल्लिन छन् ।
२०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर ७८ सिटमा जित हात पारेको एमाले ५३ सिट गुमाएर २५ सिटमा खस्किएको छ । एमालेको जनमत खस्किएपछि संस्थापन पक्षले असफलताको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बहस छेडिएको छ । निर्वाचनमा असहयोगको ट्याग भिर्नुपर्ने भन्दै चुपचाप बसेका नेताहरुले अहिले सम्पूर्ण हारको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने भन्दै नेतृत्व परिवर्तनसम्मको बहस सुरु गरेका छन् । उपमहासचिव योगेश भट्टराईले त अब लाज पचाएर बस्नुभन्दा नैतिकता देखाएर आराम गरेर पार्टी जीवनको रक्षा गर्न सार्वजनिक रुपमै आवहान गरेका छन् । योगेशले एक टेलिभिजन अन्तवार्ता मै वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाको नेतृत्वमा बनाइएको निर्वाचन परिचालन कमिटीले सक्रिय नेताहरुलाई समेत चुनावमा जिम्मेवारीविहिन राखेको आरोप लगाएका छन् । आफूलाई निर्वाचनमा खटिन जिम्मेवारी दिनका लागि महासचिव शंकर पोखरेलसँग अनुरोध गर्दा समेत अध्यक्षसँग सल्लाह गर्ने भन्दै आफूलाई भूमिका विहिन बनाएको दावी गरेका छन् ।
योगेशको सार्वजनिक अभिव्यक्तिसँगै महासचिव शंकर पोखरेलले सामाजिक संजाल फेसबुकमा जवाफ फकाएछन् । पोखरेलले लखेका छन्–उपमहासचिव भट्टराईलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको दावी गरेका छन् । महासचिव पोखरेलले समय मिलेमा आफ्नो क्षेत्र दाङमा समेत आएर सहयोग गर्न आवहान गरेको दावी गरेका छन् । योगेशको धारणाबाट असन्तुष्ट महासचिव पोखरेलले उपमहासचिव भट्टराईलाई फेसबुकमा लेखेर जवाफ दिनुले नेताहरुबीच सम्बन्ध बिग्रिएको सहजै अनुमान गर्न सकिन्छ ।
महासचिव र महासचिवबीचको जुहारीले आइतबार पनि निरन्तरता पाएको छ । भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका नेताहरुबारे अनर्गल लाञ्छना लगाउने काम भइरहेको आरोप लगाएका छन् । उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन गम्भीर समीक्षा जरुरी भएको बताएका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, पार्टीका मथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।’
एमालेभित्र नेतृत्व तहले नैतिकता देखाउनुपर्ने भन्दै बढीरहेको आलोचना त्यतिमा मात्रै सीमित छैन । एमाले नेता गोकुल बास्कोटाले सामाजिक संजाल फेसबुकमा आफूले ५ वर्ष अघि सच्चिन सुझाव दिएको बताएका छन् ।
जनताको त्यही विचारको चाल नपउदाँ यो स्थिती आइपुगेको विश्लेषण गरेका गोकुले अब पनि नसच्चिए अर्को निर्वाचनमा सक्किने चेतावनी दिएका छन् ।
नेता बास्कोटाको सो टिप्पणी पछि केही एमाले नेताहरुले बचाउको प्रयास पनि गरे । एमाले नेता एवं पूर्वमन्त्री शेर वहादुर तामाङ नेतृत्वलाई दोष थोपर्ने र राजिनामा माग्नु स्वार्थको प्रश्न भएको भन्दै गोकुलमाथि खनिए । तत्पश्चात् आक्रोशित बनेका बास्कोटाले आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र भन्दै तामाङ लक्षित अभिव्यक्ति दिए ।
२०४८ साल यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू हाल अध्यक्ष केपी ओलीको विकल्प खोजिनुपर्ने पक्षमा खुल्न थालेका छन् । ओली निकट र विश्वास पात्र नै मानिएका उपाध्यक्ष विष्णु पौडेलदेखि विद्रोही स्वभावका योगेशसम्मले कोर्स करेक्सनको तयारी थालेपछि हाल ओलीको अध्यक्ष पद समेत धरापमा परेको विश्लेषण हुन थालेको छ ।






Facebook Comments