
काठमाडौं । इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।
महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता भएको भन्दै मूल्य बढाएको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ। निगमले पछिल्लो निर्णयअनुसार डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि गरेको महासंघले उल्लेख गरेको छ।
महासंघका अनुसार पेट्रोलियम पदार्थ सार्वजनिक यातायात सञ्चालनको प्रमुख लागत भएकाले मूल्यवृद्धिले देशभर सेवा सञ्चालन गरिरहेका यातायात व्यवसायी तथा उपभोक्ता दुवै पक्षमा प्रत्यक्ष प्रभाव पार्नेछ। त्यसैले इन्धन मूल्य बढेपछि स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा पनि समायोजन गर्नुपर्ने महासंघको भनाइ छ।
विज्ञप्तिमा यातायात व्यवस्था विभागले संघीय र प्रदेशस्तरको भाडा निर्धारण गर्दा सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानेर वैज्ञानिक विधिबाट समायोजन गर्ने व्यवस्था भए पनि लामो समयदेखि भाडा समायोजन नभएको उल्लेख गरिएको छ।
महासंघले हाल पेट्रोलियम पदार्थको मूल्य उच्चदरमा बढेको तथा सञ्चालन लागत बढेकाले ती सूचकका आधारमा संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेशभित्रको भाडा सम्बन्धित प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्न माग गरेको छ।
यातायात व्यवसायीको हित र सेवा सञ्चालनलाई निरन्तरता दिन वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापन गर्न पनि महासंघले नेपाल सरकारसँग आग्रह गरेको छ।
महासंघका महासचिव ईश्वरनाथ पिठेले हस्ताक्षर गरेको विज्ञप्तिमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सार्वजनिक यातायात भाडा समायोजन तत्काल गर्नुपर्ने उल्लेख गरिएको छ।
यस्तो छ माग :







Facebook Comments