
विराटनगर ।गृह मन्त्रालयलेमनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपतिXi Jinpingको पुस्तक ‘The Governance of China’ जलेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
विश्वविद्यालय परिसरमा सफाइका क्रममा केही पुस्तक जलेको देखिने भिडियो सार्वजनिक भएपछिChinese Embassy in Nepalले चासो देखाउँदैपरराष्ट्र मन्त्रालयलाई लिखित रूपमा ध्यानाकर्षण गराएको थियो। त्यसपछि गृह मन्त्रालयले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको हो।
समितिमाजिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि तथा शिक्षा इकाइका प्रतिनिधि सदस्य रहेका छन्।
शनिबार साँझ फोहोर जलाइएको भिडियोमा ती पुस्तक पनि जलेको देखिएपछिजिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। विश्वविद्यालयले भने प्रयोगशाला निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र बिग्रिएका केही पुस्तक तथा सामग्री मुचुल्का उठाएर जलाइएको जवाफ दिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार घटनाको यथार्थ पत्ता लगाउन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।
प्रदेश सरकार मातहत रहेको विश्वविद्यालयमा ती पुस्तकहरू मनमोहन प्रतिष्ठानमार्फत आएको बताइएको छ। स्वर्गीय भरतमोहन अधिकारी प्रतिष्ठानका अध्यक्ष रहँदा स्थानीय संघसंस्थामा वितरण गर्ने उद्देश्यले उक्त पुस्तकहरू तत्कालीन मनमोहन पोलीटेक्निक इन्स्टिच्युटमा ल्याइएको थियो।
विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले अधिकांश पुस्तक वितरण भइसकेको र बाँकी सुरक्षित रहेको दाबी गरेका छन्। उनका अनुसार पानीले भिजेका र धमिराले क्षति पुगेका पुस्तकहरू फोहोरसँगै जलाइएको हुन सक्छ। यसैबीच, विश्वविद्यालय संरक्षण समितिले पनि छुट्टै ३ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।






Facebook Comments