काठमाडौं ।निर्वाचन आयोगले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई प्रमाणपत्र वितरण सुरु गरेको छ।

आयोग परिसरमा आयोजित कार्यक्रममा विभिन्न ६ दलका तर्फबाट समानुपातिक सूचीमार्फत चयन भएका सांसदहरूलाई औपचारिक रूपमा निर्वाचित प्रमाणपत्र प्रदान गर्न थालिएको हो।

आयोगले यसअघि सार्वजनिक गरेको सूचीअनुसारराष्ट्रिय स्वतन्त्र पार्टीका ५७,नेपाली कांग्रेसका २०,नेकपा एमालेका १६,नेपाली कम्युनिष्ट पार्टीका ९ तथाश्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ जना सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरण कार्य सम्पन्न भएसँगै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदनरामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ।